ती भक्कानिएका आवाजहरु 
ती बिजयी फूलमाला 
ती अविरल आँसुहरु 
ती बिजयी मुस्कान
ती माटो ढोग्ने निधार 
ती देश धिक्कार्ने पैताला
उसले सब देखेको छ
 
उसले देखेको छ 
ती माटो चुम्ने निधारहरू
ती देश धिक्कार्ने कुमारहरु
ती ढक्क फुलेका सासहरु
ती सास बिनाका बाकसहरु
ती गोरा वर्णका आँसुहरु
ऊ भन्छ 
सब दैवले लेखेको छ 
उ एयरपोर्ट हो !
उसले सब देखेको छ ।

 

#गुरु_जी 

Author

Share

Comments

Leave a comment

Web

Webkha is the first brick to the foundation of combined dream and vision. We aims to merge our professionalism with our personal interests. we provide IT services and also serves platter of entertainment.

Quick Links

© Webkha. All Rights Reserved. Developed by webkha