धुलोको मुस्लोले गाडी र भित्र सिट सबै छोप्दै थियो। "जिन्दगी एक सफर हैं सुहाना" गित ड्राइभरको क्यासेटमा बजिरहेको थियो। बयश्क अनिल झ्याल बाहिरका रमिताहरु बालख मनले हेर्दै सोच्दै थियो - "बैरागीनुको पनि लिमिट हुन्छ नि यार!"
२०७९ बैशाख १ गते "उडन्ते जिन्दगीको धुंवाधार सुरुवात फेरि उहीँ फेरोबाट भयो। फरक एक रह्यो। यो बर्षलाई अनेकन बाचा गरियो। यो बाट अनेक आश पनि गरिंदै छ।" अगाडीको सिटबाट मतिर मुन्टो फर्काउदै केटो फलाक्न थाल्यो। "ए! त्यसलाइ आज झानेर ख्वा न सब ठिक हुन्छ!" फोनबाट सब कुरा बिस्तृत सुनेर अनिशले संखुवासभाबाट मोरङ्गमा सन्देश पठायो। तर त्यो आफैं अनबिज्ञ थियो हाम्रो नयाँ बर्षको नयाँपन देखी। यो साल सबै उल्टो गर्ने अनि समयलाइ फेरि त्यही टिनएजरको धङ्ग्धङ्गीमा बिताउने अनिल र मेरो प्लान थियो। उमेर घटाउने सोच त बन्यो तर कसरी? त्यो १६ बर्षे बुरुक बुरुक अझै जीउँदै छ, त्यो १८ बर्षे स्त्रीप्रतिको आकर्षक अझै घटेको छैन,त्यो १९ बर्षे बेतुके डुलाइ यो ब्यस्ततामा पनि यथावत राखिएको छ। अब के बाकी छ त त्यो मरेको यौवन ब्युताउंन? हामी बसमा फेरि गम्न थाल्यौं। उता गित बज्न थाल्यो "१६ बर्षे उमेरैमा मै पनि झिल्के हुदों हु, अहिले पो......" यसपछिका शब्दमा ध्यान दिन मन लागेन। यसै च्यास्स बिझायो।
#गुरु_जी